१९ आश्विन २०८१ शनिबार
image/svg+xml

एलेक्से र आसाकुरा आईटिएफ जे ३० च्याम्पियन

पोखरामा आयोजित आइटीएफ जे–३० टेनिस प्रतियोगितामा मेन्स एकलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गर्दै रुसियन एलेक्से सिभायव च्याम्पियन हुदाँ वुमन्स तर्फ जापानकी उता आसाकुरा च्याम्पियन बनिन्।

अभिषेक आईटिएफको वरियतामा पहिलो नेपाली खेलाडी

इतिहास त्यसै लेखिदैन। इतिहास लेख्न कडा मेहनत र परिश्रम चाहिन्छ। १५ वर्षको अवधिमा गरेको कडा मेहनत र परिश्रमले पोखराका २३ वर्षिय अभिषेक बास्तोलाले इतिहास कोरेका छन। विश्व टेनिस महासंघ (वल्र्ड टेनिस फेडेरेसन)को विश्व बरियतामा १७९० औं स्थानमा रहँदै पहिलो नेपाली टेनिस खेलाडीले बरियता पाएका छन। बरियता पाउने उनी पहिलो नेपाली युवा टेनिस खेलाडी हुन्। यद्यपी अहिले उनको बरियता केही खस्किएको छ।

आईटिएफ जे-५ सर्किट १ : चाईनिज ताईपेईका हङ र भारतकी दुर्गाङ्सी च्याम्पियन

पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा हङले चाईनिज ताईपेईका चेन हुईहोलाई ६–०, ६–१ सोझो सेटले पराजित गर्दै सर्किट १ च्याम्पियन बनेका हुन्।

पोखरामा आईटिएफ जुनियर–५ टेनिस शुरु

अन्तराष्ट्रिय टेनिस फेडेरेसन(आईटिएफ)को वार्षिक कार्यक्रम आईटिएफ जुनियर–५ पोखरामा शुरु भएको छ। जुनियर–५ अन्तर्गत १८ वर्षमुनिका विभिन्न ९ देशका टेनिस खेलाडीहरु पोखरामा ¥याङकिङ खेल्न आईपुगेका हुन्।

सोमबारदेखि पोखरामा आईटिएफ जुनियर–५ टेनिस प्रतियोगिता

वर्षदिनपछि पोखराले फेरी अन्तर्राष्ट्रिय उमेर समूहका खेलाडीको टेनिस प्रतियोगिता हेर्ने अवसर जुरेको छ। अन्तर्राष्ट्रिय टेनिस महासंघ(आईटिएफ)को वार्षिक कार्यक्रम आईटिएफ जुनियर–५ पोखरामा सोमबारदेखि शुरु हुदैंछ। नेपाल टेनिस संघको आयोजना र कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा पोखरामा आयोजित यो पाँचौ आईटिएफ जुनियर–५ प्रतियोगिता हो।

पोखरामा तीन सातापछि नेपाल आईटिएफ जुनियर(यू–१८) च्याम्पियनसिप हुने

दुई वर्षपछि पोखराको टेनिस कोर्टमा विदेशी युवा खेलाडी प्रतिस्पर्धाको लागि उत्रिँदैछन्। नोभेम्बरकै आगामी २९ तारिखमा पोखरा रंगशालाको ६ वटै कोर्ट व्यस्त रहने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्