१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भोलिबाट अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी

अखिल नेपाल कबड्डी संघले बिहीबारबाट प्रथम पुरुष अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी प्रतियोगिता गर्ने भएको छ ।  दशरथ रंगलाशाला कभर्ड हलमा हुने प्रतियोगिता ३ दिनसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र भारत गरी ४ टोलीको सहभागिता रहने संघकी अध्यक्ष तुलसी थापाले बताइन् । प्रतियोगितामा नेपाल, बंगलादेश र श्रीलंकाको राष्ट्रिय टोलीले सहभागिता जनाउँछन् भने भारतले दोस्रो रोजाइको टोली उतार्नेछ।

विश्वकप कबड्डी खेल्न पाकिस्तान निषेधित

अन्तर्राष्ट्रिय कबड्डी फेडरेशन आइकेएफले भारतमा हुने विश्वकप कबड्डीमा पाकिस्तानलाई सहभागी हुन निषेध गरेको छ। आइकेएफलका प्रमुख देवराज चर्तुवेदीले भारत–पाकिस्तानबीच जारी तनावका कारण पाकिस्तानलाई प्रतियोगीतामा सहभागी हुन निषेध गरेको बताए।

हीरा स्मृति छात्रछात्रा कबड्डी हुने

खेलकर्मी हीरारत्न बज्राचार्यको सम्झनामा कबड्डी प्रतियोगिता हुने भएको छ। काठमाडौं जिल्ला कबड्डी संघले हीरा स्मृति अन्तरविद्यालय छात्रछात्रा कबड्डी प्रतियोगिता बिहीबारबाट गर्ने भएको छ। २०४९ सालमा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरवेजको जहाज दुर्घटनामा परी बज्राचार्य र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं फिफा रेफ्री रुपकराज शर्माको निधन भएको थियो।

कबड्डीमा हामी नै आधिकारिक: लामा

काठमाडौं– लालकुमार लामाले आफूले नेतृत्व गरेको अखिल नेपाल कबड्डी संघ नै आधिकारिक भएको दाबी गर्दै आवश्यक परे कानुनी उपचार खोजिने बताएका छन्।

पुनर्गठनपछि कबड्डी विवादमा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापाको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल कबड्डी संघ पुनर्गठन गरेपछि विवादले नयाँ मोड लिएको छ। लामो समयदेखि समानान्तर संघको लडाइँ भोग्दै आएको कबड्डीमा राखेपको यो निर्णयपछि तेस्रो संघ अस्तित्वमा आएको छ।

'कबड्डी'भन्दा फरक 'वीर विक्रम'

भदौ ३ गतेबाट रिलिज हुन लागेको फिल्म 'वीर विक्रम'को गीति एल्बम सार्वजनिक भएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले एल्बमसँगै फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्