१३ आश्विन २०८१ आइतबार
image/svg+xml

संसदमा छिर्न नदिने प्रधानमन्त्रीको चेतावनी (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बलजफ्ती नगर्न चेतावनी दिएका छन्। संसद मनपरि गर्ने थलो नभएको भन्दै बलजफ्ती गर्न खोजे संसद छिर्नै नदिने प्रधानमन्त्रीले चेतावनी दिए।

अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहुन्छ: भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले राजीनामा दिने बताएका छन्। बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने, ‘अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ, यसमा कुनै दुईमत छैन्।’ उनले संसदीय व्यवस्थामा बहुमत पुर्याउनेले सरकार बनाउने कुरा नौलो नभएको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीको समर्थनमा तानसेनमा प्रदर्शन

प्रधानमन्त्री केपी ओलीको समर्थनमा मंगलबार पाल्पा सदरमुकाम तानसेनमा प्रदर्शन गरिएको छ। स्वतन्त्र युवा अभियानले प्रधानमन्त्री ओलीको समर्थनमा नारा लगाउँदै तानसेन परिक्रममा गरेको हो।

प्रधानमन्त्रीले सभामुखलाई भने–विवाद हुने काम नगर्नुस्

सभामुख ओनसरी घर्तीको भूमिका निष्पक्ष नभएको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी ओलीले संसदीय मार्यादा अनुसार अगाडि बढ्न सभामुख घर्तीलाई सुझाव दिएका छन्। मंगलबार बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले कार्यसूचिमा चढाइसकेको आर्थिक विधेयकलाई हटाएर संसदमा दर्ता गरिएको अविश्वास प्रस्तावको प्रस्तावमाथि छलफल गर्ने गरी समय तोकेको भन्दै असन्तुष्टि जनाएका थिए।

प्रधानमन्त्री ओलीको राजीनामा र तीन तहको चुनावबारे छलफल

प्रमुख राजनीतिक दलबीच विवाद चुलिइरहँदा सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेभित्र मध्यमार्ग खोज्ने प्रयास हुने भएको छ। मंगलबार बालुवाटारमा सुरु भएको एमाले स्थायी कमिटी बैठकले नयाँ परिस्थितिमा पार्टीले तय गर्ने नयाँ मार्गबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको चिन्ता- 'माघ ७ भित्र तीनै चुनाव नभए के गर्ने?'

'मैले त पद छाडूँला, संविधानले तोकेअनुसार २०७४ माघ ७ भित्र तीनै तहका निर्वाचन हुन नसके त्यतिबेलाका प्रधानमन्त्रीले पदत्याग गर्छन् भन्ने के ग्यारेन्टी?' उच्च स्रोतअनुसार प्रधानमन्त्री केपी ओली निकटस्थसँग छलफलमा यही चिन्ता जाहेर गर्छन्। उनले आफू पदबाट हट्नुअघि यही सुनिश्चितता खोजेका छन्।

प्रधानमन्त्रीलाई देउवा र दाहालले भने: राजीनामा दिएर बाटो खुला गरिदिनुस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गर्न आग्रह गरेका छन्।

'प्रधानमन्त्रीज्यू डा.केसीको बाँच्न पाउने अधिकार सुनिश्चित होस्'

काठमाडौं— ९ दिनदेखि अनसनरत डा.गोविन्द केसीले उठाएका मागबारे संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै केसीको जीवन रक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

देउवा र दाहाललाई बालुवाटारमा प्रधानमन्त्रीको निमन्त्रणा

अविश्वास प्रस्तावको सामना गर्ने अडानमा रहेका प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। आइतबार कानुन व्यवसायीसँग परामर्श गरेका प्रधानमन्त्री ओलीले सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका छन्। दुवै नेतालाई प्रधानमन्त्री ओलीले ५ बजे बालुवाटार बोलाएका हुन्।

प्रधानमन्त्री ओलीलाई तीन विकल्प

नयाँ सरकार गठनका लागि संवैधानिक जटिलता रहेको जनाउँदै कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन विकल्प सुझाएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको विषयमा कानुन व्यवसायीसँग छलफल गरेको भोलिपल्टै आइतबार प्रधानमन्त्री ओलीलाई धारा २ सय ९८ अनुसार नयाँ सरकार गठन हुन नसक्ने भन्दै तीनवटा विकल्पमा जान सुझाव दिएका हुन्।

प्रधानमन्त्रीको ठाडो आदेशमा स्वास्थ्य सचिव नियुक्त

प्रधानमन्त्री केपी ओलीले ठाडो आदेश दिएर नयाँ स्वास्थ्य सचिवमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेका छन्। नेकपा माओवादी केन्›ले समर्थन फिर्ता लिई सत्ताबाट बाहिरिएपछि अल्पमतमा परेको प्रधानमन्त्री केपी ओली सरकारले व्यवस्थापिका संसद्का प्रमुख दुई दलको आग्रहविपरीत नयाँ स्वास्थ्य सचिव नियुक्त गरेको हो।

कानुन ब्यवसायीले दिए प्रधानमन्त्रीलाई तीन विकल्प

काठमाडौं- कानुन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ सरकार गठनका लागि संविधानमा रहेका समस्या समाधानका लागि तीन विकल्प दिएका छन्।

कानुनी परामर्शमा प्रधानमन्त्री

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेपनि राजीनामा नदिने अडानमा प्रधानमन्त्री केपी ओलीले कानुन व्यावसायीसँग परामर्श गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले कानुन व्यावसायीसँग छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ’

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएको बताएका छन्। शनिबार राजधानीमा प्रेस चौतारीले आयोजना गरेको अन्र्तसंवादमा सचिव ज्ञवालीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएपनि आफूहरु त्यसको पक्षमा नहरेको बताए।

अाेलीलार्इ पाैडेलकाे जवाफ– 'प्रधानमन्त्रिकाे लाेभमा पार्टी निर्णयविपरीत जान्नँ'

काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको लोभमा पार्टी निर्णयबाट यताउता नगर्ने स्पष्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्