काठमाडौँमा बिहान र बेलुका चिसो बढ्यो
काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ।सोमबार काठमाडौको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ। काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छिन्।