६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘डेस्टिनेसन वेडिङ’ ले ठुला होटललाई राहत

पर्यटन क्षेत्रले कमाउने मुख्य आधार नै स्वदेशी तथा विदेशी पाहुनाको आगमन र उनीहरुका गतिविधिबाट हो। कोरोना भाइरस संक्रमण सुरु भएपछि आन्तरिक र केही भारतीय पाहुना तथा सिमित तेश्रो मुलुकका विदेशीबाट अहिले जेनतेन पर्यटन क्षेत्र धानिएको छ। तर, पछिल्लो समय पर्यटनमा आम्दानीको नयाँ श्रोत थपिँदै जान थालेका छन्। ती हुन वैवाहिक गतिविधि। स्वदेशी र विदेशी पाहुनाको आगमनमा मात्र भर परेको पर्यटन क्षेत्रमा पछिल्लो समय वैवाहिक गतिविधिले साथ दिँदा यहाँका होटल र रेस्टुरेन्टलाई आर्थिक रुपमा राहत मिलेको व्यवसायीले बताउने गरेका छन्। पर्यटन व्यवसायीले ‘डेस्टिनेसन वेडिङ’ बाट पर्यटन क्षेत्रले ठुलो राहत पाएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्