१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

खैरहनीबाट २० जुवाडे पक्राउ

पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो।

कुटपिट गर्ने तीन पक्राउ

आपसी विवादमा घरेलु हतियार प्रयोग गरी कुटपिट गर्ने तीन जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ।

दश लाख ५८ हजार नगदसहित जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ।

पाँच लाखसहित १३ जुवाडे पक्राउ

पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब पाँच लाख रुपैयाँसहित पक्राउ परेका छन्।

तनहुँमा अशक्त महिला बलात्कृत

तनहुँमा ४२ बर्षिय अशक्त महिला बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा भिमाद नगरपालिका–९ पाइमीका १९ बर्षीय शंकर परियारलाई प्रहरीले शुक्रबार साँझ प्रकाउ गरेको छ।

चितुवाको छालासहित दुई जना पक्राउ

रुकुम पश्चिममा चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मुसीकोट नगरपालिका ७ बैरीदहबाट दुई युवालाई चितुवाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए।

११ लाख नेरु र छ लाख भारुसहित दुई युवक पक्राउ

महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख नेपाली र करीब ६ लाख भारतीय रुपैयाँसहित दुई जना युवकलाई पक्राउ गरेको छ।

चितुवाको छालासहित दुई पक्राउ

रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका १९ वर्षीय गणेश नेपाली रहेका छन्।

घुस रकमसहित इञ्जिनीयर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ।

'विप्लव' समूहका तीन जना कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' समूहका तीन जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द समूहको पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्री रहेका छन्।

लिम्बुवानका नौ कार्यकर्ता पक्राउ गरी छाडिए

पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्चका ९ कार्यकर्तालाई प्रहरीले सदरमुकामबाट पक्राउ गरी छाडेको छ। इलाम चोकबजारमा राखिएको राष्ट्रिय झन्डाको छेउमा लिम्बुवानको झन्डा गाढ्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्