९ मंसिर २०८१ आइतबार
image/svg+xml

कुस्तीवाज सरोजको विजयी सुरुआत

प्रदेश–२ का सरोज यादवले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तग १४औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। जिल्लाको वाणगंगा नगरपालिकाको बुङ्चीस्थित सिद्धार्थ क्याम्पसको सभाहलमा १२औं सागका कास्ंय पदकधारी सरोजले ६५ केजी तौलमा सुदूर प्रदेशका कैलास ठगौनालाई पराजित गरे। नेपाल प्रहरीका रितेशप्रसाद यादवले त्रिभुवन आर्मीका अदीप खड्कालाई र प्रदेश–३ का शैलेन्द्रकुमार यादवले प्रदेश–१ का कुमार आचार्यलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले जानकारी गराए।

पाँच खेल बुधबारबाट

औपचारिक उद्घाटन वैशाख ५ गते हुने आठौं राष्ट्रिय खेलकुदका ३५ खेलमध्ये पाँच खेल बुधबारबाट प्रदेश पाँचबाहेकका सहरमा पनि सुरु हुँदै छन्।

गण्डकी प्रदेशलाई हक्कीको उपाधि

प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। झापाको भद्रपुरमा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली नेपाल आर्मीलाई १–० गोलमा पराजित गर्दै उपाधि जितेको हो।

फाइनलमा आर्मी र गण्डकी भिड्दै

विभागीय टोली त्रिभुवन आर्मी र गण्डकी प्रदेश झापाको भद्रपुरमा जारी प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

आर्मीलाई महिला हक्कीको उपाधि

हेटौंडामा सम्पन्न सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले हात पारेको छ। शुक्रबार भएको फाइनलमा प्रदेश नम्बर–३ लाई पेनाल्टी स्ट्रोकमा ३–० गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा गरेको हो।

महिला राष्ट्रिय हक्कीमा आर्मी र प्रदेश ३ विजयी

सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल आर्मी र प्रदेश नम्बर ३ विजयी भएका छन्। बुधबार भएको खेलमा आर्मीले प्रदेश नम्बर ७ लाई र प्रदेश नम्बर ३ ले ४ लाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हुन्।

आर्मीको विजयी सुरुआत

सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल आर्मीले विजयी सुरुआत गरेको छ। नेपाल हक्की संघको आयोजनामा सोमबारदेखि हेटौंडामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले प्रदेश नम्बर १ लाई पराजित गरेको हो।

पाकिस्तामा हुने अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताका लागि नेपाली टाेली छनोट

पाकिस्तानको लाहोरमा हुने प्रथम अफजल स्मृति अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताका लागि नेपाली पुरुष हक्की टोलीको छनोट गरिएको छ।

निडर र हक्की स्वभाव

भारतको स्वतन्त्रता र गणतन्त्र स्थापनाको आन्दोलनबाट प्रभावित भई तत्कालीन नेपालका नेताहरू भारतीय स्वतन्त्रता सङ्ग्राममा होमिएका थिए । जसलाई भारतका महात्मा गान्धी, जवाहरलाल नेहरू जस्ता उच्च समाजवादी नेताले हाँकेका थिए । खासगरी नेपालको कोइराला परिवारका अग्रज त्यसमा सामेल भएका थिए र यसको अगपंक्तिमा कृष्णप्रसाद कोइराला थिए।

हक्कीको फाइनलमा आर्मी र सुदूरपश्चिमाञ्चलको भीडन्त

राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय हक्की प्रतियोगिताको फाईनलमा नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल प्रवेश गरेका छन्। हेटौंडामा जारी प्रतियोगिताको पहिलो सेमिफाईनलमा नेपाली सेनाले पश्चिमाञ्चललाई ५–० गोल अन्तरले पराजित गरि फाईनलको यात्रा तय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्