८ असार २०८१ शनिबार
image/svg+xml

बन्दसूचीबाट हटाइएका ५ सय ५० को नामावली सार्वजनिक

उक्त प्रणालीतर्फ छ हजार चारसय ५७ जना उम्मेदवार रहेकामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने तीन सय ६९, उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट गरी पाँच सय ४८ र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक गरी कूल पाँच सय ५० व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएको छ।

निर्वाचन आयोगमा शनिबार पनि जरिवाना बुझाउन सकिने

कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनसमेतमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको र जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारको हकमा बन्दसूचीबाट नाम हटाइने आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

पुकार बम नाम अङ्कित टिसर्ट लगाएर प्रचार–प्रसार गरेकामा स्पष्टीकरण

'तपाईँबाट जानाजानरूपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो? यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भइ वा आफ्नो प्रतिनिधि उपस्थित गराइ लिखित स्पष्टीकरण पेश गर्नुहोला।'

तीन लाखले गर्नेछन् निर्वाचनको पहरा

निर्वाचनमा नेपाल प्रहरीका ७१ हजार छ सय ९३ जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ। नेपाली सेनाले विगतकै हाराहारीमा ७१ हजार जनशक्ति खटाउने आन्तरिक रणनीति तयार पारेको छ। सशस्त्र प्रहरीले भने ३५ हजार जनशक्ति परिचालन गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्