पाँच दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता
भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरुलाई एकअर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्न विशिष्टीकृत एवं ऐतिहासिक परम्पराको निरन्तरता स्वरूप सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।