१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ताप्लेजुङमा एक बर्षमा ह्वात्तै घट्यो बाल मृत्युदर

आर्थिक बर्ष २०७७।०७८ को तुलनामा २०७८।०७९ मा नवजात शिशुको मृत्युदरमा कमी आएको हो। ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक बिजया राईका अनुसार आब २०७८।०७९ मा ३ जना नवजात शिशुको मृत्यु भएको छ। आब २०७७।०७८ मा भने ११ जना नवजात शिशुको मृत्यु भएको थियो। तर,ताप्लेजुङ जिल्ला अस्पतलमै आएर सुत्केरी भएकाको संख्या भने एकबर्षको अन्तरालमा कमी देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्