९ मंसिर २०८१ आइतबार
image/svg+xml

विमानस्थलको जग्गामा यतीको आँखा

सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा होटल खोल्न भाडामा दिने तयारी गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजना बनाएर उक्त जग्गा होटल बनाउन यती समूहलाई दिने तयारी गरेको हो। पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यतीलाई जग्गा दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको छ। विगतमा यतीलाई जग्गा भाडामा दिने प्रयास पटकपटक असफल भएकोमा अहिले पर्यटनमन्त्रीमा भानुभक्त ढकाल आएपछि फेरि प्रयास सुरु भएको हो।

‘उड्डयन प्राधिकरणले मन्त्रीको निर्देशन टेरेन’

विदेशी लगानीको हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) गर्न दिने निर्णय फिर्ता लिन पर्यटनमन्त्रीले निर्देशन दिए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले नटेरेको नेपाल वायुसेवा निगम कर्मचारी संघले दाबी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्