१९ असार २०८१ बुधबार
image/svg+xml

८८ लाख इथिपियालीलाई मानवीय सहायता आवश्यक

अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए) ले दिएको जानकारीअनुसार खाद्यान्नका अलावा कुपोषणको समस्याबाट पीडित यहाँका नागरिकलाई दैनिक खाना, पोषण तथा खानेपानीलगायत वस्तुको ठूलो अभाव छ।

मिजासिली एकताको सम्झना झलझली

इथियोपियन विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारीले साथीसँग विवाहका बारेमा कुरा गर्दै जिस्किएकी थिइन्। घटना हुनु दुई दिनअघि भएको म्यासेन्जर कुराकानी सम्झँदै उनकि ति साथीले भनिन् ‘तैंले बिहे गर्नुपर्छ, तेरो बिहेमा यस्तो गर्छु, उस्तो गर्छु भन्दै ऊ मसँग जिस्किएकी थिई। मैले पनि उसलाई त्यसरी नै जिस्क्याएकी थिएँ।’

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन्।

इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा

इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन्। प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुन्।

इथियोपियाली प्रधानमन्त्रीको र्‍यालीमा विस्फोट, कैयौंको मृत्यु

नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ। घटनामा ८३ जना घाइते भएका छन्।

वातावरण मन्त्री चौधरी इथियोपिया प्रस्थान

जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरी इथियोपियाको अडिस अवावामा हुन गइरहेको जलवायु परिवर्तनबाट प्रभावित अति कम विकसित राष्ट्रहरुको समूह एलडिसीका वातावरणमन्त्रीहरुको बैठकमा सहभागी हुन बुधबारत्यसतर्फ प्रस्थान गरेका छन्।

भागदौड मच्चिँदा इथियोपिया ५२ जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा

इथियोपियामा तीन दिने राष्ट्रिय शोक सोमबारबाट सुरु भएको छ। एक धार्मिक पर्वको क्रममा सरकारविरोधी समूह र प्रहरीबीच भएको झडपमा ५२ जनाको मृत्यु भएपछि सो तीनदिने राष्ट्रिय शोक घोषणा गरिएको राज्यद्वारा नियन्त्रित सञ्चार माध्यमले जनाएको छ।

इथियोपियामा प्रहरीले प्रर्दशनकारीमाथि गोली चलाउँदा १ सय भन्दा बढीको मृत्यु

इथियोपीयाको उत्तरी शहर बाहिरदारमा सरकार विरोधी प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले गोली चलाउँदा सय जना भन्दा बढीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साथै सुरक्षाकर्मीले प्रर्दशनमा सहभागी भएको भन्दै दर्जनौं मानिसलाई पक्राउ समेत गरेको छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्