आज अक्षय तृतीया पर्व मनाइँदै
आज अक्षय तृतीया पर्व मनाइँदैछ।जौ र चनाको सातु एवं चिसो पानीको सर्वत खाएर देशभर आज अक्षय तृतीया पर्व मनाइँदैछ। हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ।
आज अक्षय तृतीया पर्व मनाइँदैछ।जौ र चनाको सातु एवं चिसो पानीको सर्वत खाएर देशभर आज अक्षय तृतीया पर्व मनाइँदैछ। हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ।
शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ। दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ।