११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने

मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ।

मेक्सिकोमा पाँच अमेरिकीको हत्या

घटनाबारे सार्वजनिक भएको भिडियोमा एउटा जलिरहेको कार देखिएको छ। केही पीडितलाई कारभित्रै राखेर जिउँदै जलाइएको हुनसक्ने अनुमान गरिएको छ भने केही मानिस अझै हराइरहेको अधिकारीहरुले बताएका छन्।

सडक मर्मत नगरेको भन्दै मेयरलाई ट्रकको पछाडि बाँधेर घिसारियो (भिडियोसहित)

चुनावको समयमा मेयरले आफूहरुसँग गरेको वाचा अनुरुप स्थानीय सडक मर्मत नगरेकोले यस्तो कदम चालिएको किसानहरुले बताएका छन्।

मेक्सिकोमा छुरा प्रहार गरी पत्रकारको हत्या

सन् २००० यतामात्र मेक्सिकोमा करिब १०० जना पत्रकारको हत्या भइसकेको छ। लागूपदार्थको अवैध कारोबार र राजनीतिक भ्रष्टाचारका कारण पत्रकारमाथि बारम्बार आक्रमण हुने गरेको छ।

आश्वासन पुरा गर्न नसक्दा जब मेयरलाई महिलाको कपडा लगाएर सहर घुमाइयो...

मेक्सिकोका एक मेयरले चुनावका बेला नगरवासीसँग बोलेका कुरा पुर्याउन नसक्दा आफैंलाई कारवाही गरेका छन्। उनले महिलाको कपडा लगाएर सहरका सडकहरुमा घुमेका छन्। यसरी आफैंलाई सजाय दिने मेयर हुन्, जेवियर सजमेनेज।

प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या

मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन्।

मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन्। सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।

सैन्य कोषबाट मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाइने

अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ।

मेक्सिको सीमामा थप सैनिक परिचालन

अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप दुई हजार एक सय सेना परिचालन गर्न लागेको जनाएको छ। आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ।

एक डलरमै हवाई यात्रा!

मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ।

आप्रवासीको प्रवाह रोक्न मेक्सिको तयार, भन्सार नबढाउन अमेरिका सहमत

अमेरिकाले बढाउन सक्ने थप करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको प्रवाह रोक्न ‘अभूतपूर्व कदम’ उठाउन सहमति जनाएको छ।

अमेरिकी सीमामा आप्रवासी पक्राउ

अमेरिकी सीमा सुरक्षा अधिकारीले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो ।

जुनमा हुने जि २० सम्मेलनमा राष्ट्रपति नजाने

मेक्सिकोका राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि २० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन्।

हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित छ जनाको मृत्यु

मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ।

उडान प्रभावित भएपछि मेक्सिकोकी एक मन्त्रीले दिइन् पदबाट राजीनामा

आफ्ना कारण अन्य व्यवसायिक उडान प्रभावित भएपछि एक जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्