आज देशका ४ प्रदेशमा मौसम बदली, हिमपात र वर्षाको सम्भावना
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहनाका साथै तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
काठमाडौँ उपत्यकामा विहानैदेखि बाक्लो तुवाँलो लागेको छ। विगत दुई दिनदेखि बिहानैबाट घाम लागेको भए पनि आज घाम नलागेकाले केही चिसो महसुस गरिएको छ।