महमा अखाद्य तत्व मिसाई व्यवसाय गर्नेलाई कारवाहीको माग
आर्थिक उपार्जन, रोजगारी सिर्जना, जनताको जीवनस्तरमा सुधार र जीविकोपार्जनका साथै कृषि जैविक विविधता एवं पर्यावरण संरक्षणसँग प्रत्यक्ष रुपमा योगदान पुर्याइ एग्रीकल्चर, हर्टीकल्चर र फरेष्ट्रीको उत्पादन र उत्पादकत्वसँग समेत गाँसिएको मौरीपालन व्यवसायलाई संस्थागत गर्दै लैजाने सरकारको लक्ष्यलाई यस्ता गलत क्रियाकलाप र प्रचारले असर पर्ने भएकाले सबैले गम्भीर हुनुपर्नेमा पनि सङ्घले आग्रह गरेको छ।