१९ असार २०८१ बुधबार
image/svg+xml

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष ढुङ्गानाद्धारा शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा दिलीपकुमार ढुङ्गाना आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आज उनले पद तथा गोपनीयताको शपथ लिएका हुन।

ट्राफिक लाइट हस्तान्तरण

ज्योति विकास बैंकले काठमाडौं महानगरपालिका, वडा नम्बर १, महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाइट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

सनराइज बैंकको सभा

सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले बैंककोे चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्