महापर्व छठको अनुष्ठान सुरु
प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठान सुरु भएको छ।आज शुक्रबार ब्रतालुले नहाय खाय गरी यो पर्वको विधिवत् सुरुआत गरेका छन्।

प्राचीनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गर्ने चलन छ। यो पर्वका लागि ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छोड्छन्।