८ वैशाख २०८१ शनिबार

कहाँ हरायो शंकर पोखरेलविरुद्धको 'अपहरण' मुद्दा?

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध रुपन्देही प्रहरीमा परेको ‘अपहरण तथा शरिर बन्धक’ सम्बन्धी मुद्दा गायब भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पोखरेलसहित चारजनाविरुद्ध परेको मुद्दा गायब बनेको हो।

शंकर पोखरेलविरुद्ध अपहरण मुद्दा: सांसद् बिमला भन्छिन्- मलाई सिध्याउन खोज्नेलाई छोड्दिन

लुम्बिनी प्रदेशका सांसद बिमला खत्री ओलीले पोखरेलविरुद्ध बुटवल प्रहरीमा मुद्दा हालेकी हुन्। सांसद बिमलाले मुख्यमन्त्री पोखरेलसहित चार जनाले आफूलाई दाङबाट अपहरण गरेको र बुटवल पुर्‍याएर बन्धक बनाएर राखेको उल्लेख गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्