छाउन थाले तीजका भाका
सङ्गीत बजार युट्युबमा केन्द्रित छ। कुनैताका गीत सुनिन्थ्यो मात्र, अहिले हेरिन्छ पनि। सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छ। युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल नचहारेसम्म बजारमा नयाँ कुन गीत आयो भन्नेसम्म थाहा पाउन नसकिने स्थिति छ। सर्जक/कलाकारलाई युट्युब माध्यम निर्विकल्प बनेको छ। कमाइ गर्ने बाटो नै त्यही भएको छ।