११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कारखानामा आगलागी हुँदा बङ्लादेशमा ५२ को मृत्यु

बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ।

बङ्लादेशका मन्त्रीको कारमा बम आक्रमण

बङ्लादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ। शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन्।

बङ्लादेशमा पुनः निर्वाचन गराउन अस्वीकार

बङ्लादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ। आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के. एम. नुरुल हुडाले पुनः निर्वाचन गराउन अस्वीकार गरेका हुन्।

बंगलादेशमा निर्वाचन : ६ लाख सुरक्षाकर्मी परिचालन

बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ। अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन्। मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीहरुको भनाई छ।

एकै पार्टीका दुर्इ गुटबीच भएकाे झडपमा ६ काे मृत्यु

बङ्लादेशमा एक पार्टीका दुर्इ गुटबीच भएको झडपमा ६ जनाको मृत्यु भएको छ। शनिवार भएको घटनामा परी ज्यान गुमाउनेमा एक स्थानीय नेता समेत रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्