६ आश्विन २०८१ आइतबार
image/svg+xml

२३ किलो चरेससहित एकजना पक्राउ

लागुऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार बिहान लागु औषध चरेससहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ।

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आएको करिब तीन दशकभन्दा बढी भइसक्यो। हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै उनी पनि उमेरमै कटुवाल पेसामा जोडिए।

बस्तीमा लुटपाट बढेपछि स्थानीय त्रसित

बाँकेको जानकी गाउँपालिकाका बस्तीमा शृङ्खलाबद्ध लुटपाट र डकैतीका घटना हुन थालेपछि स्थानीय त्रसित भएका छन्।

माइजोगमाईमा साना सिँचाइ कार्यक्रम

जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ।

आजबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो।

पातरासीका आमाबुबाले हाई अल्टिच्युडलाई मन फुकाएर गरे जग्गा दान

रनबहादुर महतारा यतिखेर जुम्लेलीका मनमनमा बस्न सफल भएका छन्। शुक्रबार खलंगामा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दोसल्ला ओडाउँदै हार्दिक आभार प्रकट गर्दा महातारा पनि खुसी देखिए।

ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’ होमस्टेमा पर्यटक भरिभराउ

ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर। ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो।

भेडी गोठमा आगलागी हुँदा एक जनाको मृत्यु, ६० भेडा जले

हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ।

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन्।

छिन्नमस्ता गाउँपालिकाले तिरिदिने भाे किसानको विद्युत् महसुल

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानले सिँचाइका लागि खर्च भएको विद्युत् महसुल तिरिदिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्