१५ वैशाख २०८१ शनिबार
image/svg+xml

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

नेकपा (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन्। शुक्रबार साँझ सम्पन्न आठौं जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो।

निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको ‘टावर’ ठड्याइयो

निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ। पु

दिप्रुङ चुइचुम्मामा आधारभूत अस्पताल सञ्चालन

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइएको छ।

खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर

बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्ला वासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

खोटाङमा पचास शय्याको अस्पताल भवन निर्माण हुँदै

जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्नेगरी भवन निर्माणको काम पुनः प्रारम्भ भएको छ।

वनको डढेलो गाउँ पस्दा २० लाखको क्षति

बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो।

अन्तिम चरणमा पुगेपछि अस्पताल भवन निर्माण रोकियो

संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शय्यमा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले जानकारी दिए।

मोरङमा १५ वर्षीया किशोरीको हत्या

खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का गरिएको छ।

चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’

खोटाङ सेवा समाज युके (बेलायत) ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार– २०८०’ घोषणा गरेको छ।

किसानलाई निःशुल्क कृषि एम्बुलेन्स

कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न सदरमुकाम दिक्तेल बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ।

साहित्यकार आचार्य सम्मानित

खोटाङ सामाजिक सेवा मञ्चले साहित्यकार नारायणप्रसाद आचार्यलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य, कला उन्नयन उपसमिति र नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा आचार्य सम्मानित भएका हुन्।

स्थानीय तहमा ‘नियन्त्रण संयन्त्र’

शक्ति तथा स्रोत/साधनको केन्द्रीकरण नहोस् र विकासको प्रतिफल सबै भागमा समानतवरले पुगोस् भन्ने मनसायले मुलुकमा संघीय संरचना लागु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्