सर्वोच्चबाट न्याय पाउने विपक्षी विश्वास
अध्यादेशबाट बजेट ल्याउनु पनि संविधान उल्लंघन भएकोे निष्कर्ष निकालेका पाँच दलले त्यसविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्। कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउनुको साटो सरकार भ्रष्टाचारमा लिप्त भएको जनाउँदै उनीहरूले मुलुकमा दीर्घकालीन असर पर्ने किसिमका कामकारबाही नगर्न सरकारलाई चेतावनी दिएका छन्।