'घर–घरमा झण्डा, हात–हातमा अण्डा'
गर्भावस्थाको जोखिम न्यूनीकरण र पोषण सुधारका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले ‘घरघरमा झन्डा, हातहातमा अण्डा’ अभियान शुरुवात गरेको छ। शिवराज–१ शिवपुरबाट गर्भवती भेटघाट कार्यक्रमअन्तर्गत गर्भवतीको घरघरमा झन्डा राख्ने र अण्डा वितरण गर्ने अभियान सुरु गरेको हो।