८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालगन्जमा २४ घण्टामा ३ सय ३७ जनालाई कोरोना संक्रमण

नेपालगन्जमा ३ सय ३७ जना नयाँ संक्रमित फेला परेका छन्। बितेको २४ घण्टाभित्र कुल ६ सय ७ वटा स्वाब परिक्षण गर्दा २ सय ३ जना पुरुष र १ सय ३४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। यसमध्ये बाँकेका मात्रै २ सय ५८ जना रहेका छन्। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा कोरोना परीक्षण गरिएको थियो।

नेपालगन्जमा कोरोना संक्रमण तीव्रः एक सय ८३ को नमुना परीक्षण गर्दा १ सय २७ जनालाई पोजेटिभ

नेपालगन्जमा पछिल्लो २४ घण्टामा १ सय २७ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर जाँचबाट यति धेरै संख्यामा संक्रमित फेला परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्