पाँच सदस्यको मतपरिणाम सार्वजनिक, को को भए विजयी (अपडेट)
राष्ट्रियसभाका पाँच सदस्यको परिणाम सार्वजनिक भएको छ। बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा सुरुमा माओवादीका खिमबहादुर विक दलिततर्फबाट विजयी भएका थिए । उनले कुल ३ हजार ३ सय ९६ मतभार ल्याएका छन्। प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीत बहादुर नेपालीले भने २ हजार २ सय ९८ मतभार ल्याएका थिए । उक्त पदमा ६ मत बदर भएका थिए।