६ वैशाख २०८१ बिहीबार

सांसदमाथि कारबाही पार्टी शुद्धीकरणसँगै संकट पनि

माओवादी केन्द्रले मंगलबार साधारण सदस्य पनि नरहने गरी चार सांसदलाई पार्टीबाट निष्कासन गरेको पत्र संसद् सचिवालयमा दर्ता गरेसँगै त्यस्तो प्रक्रिया अन्य दलमा पनि देखिन थाल्ने विश्लेषण हुन थालेको छ। एमाले, कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) भित्रको आन्तरिक विवाद निकै चर्को बन्दै गएको छ। आन्तरिक विवादमा पार्टी नै छाडेर गएकालाई कारबाही गर्नुले पार्टी शुद्धीकरणमा सहयोग पुग्ने तर असहमति राखेकै आधारमा एकअर्कालाई कारबाही गर्ने, निष्कासन गर्ने क्रम बढ्दै गए त्यसले संसदीय राजनीतिलाई निकै कमजोर पार्ने विश्लेषण गर्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्