३१ वैशाख २०८१ सोमबार
image/svg+xml

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ। एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो। दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्