६ आश्विन २०८१ आइतबार
image/svg+xml

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ। बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार रुपैयाँ दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए।

गोंगबु हत्याकाण्डः कल्पनालाई आजीवन कारावास सजाय

काठमाडौं जिल्ला अदालतले गोंगबु हत्याकाण्डमा कल्पना मुडभरीलाई आजीवन कारावासको फैसला गरेको छ। गत साउन २५ मा काठमाडौंको गोंगबुमा दाङका कृष्णबहादुर बोहरा हत्याकाण्डमा संलग्न कल्पना मुडभरीलाई हत्याको सजाय सुनाएको हो। जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले हत्या गरेको ठहर गर्दै मुडभरीलाई जीवनभरको कारावास रहने ठहर गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्