२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बैतडीका वडा कार्यालयमा सचिव नहुँदा कामकाज प्रभावित (अपडेट)

बैतडी जिल्लाका धेरै गडा कार्यालयमा वडासचिव नहुँदा कामकाजमा समस्या आउने गरेको छ । सचिव नहुँदा सेवा ग्राहीलाई समस्या हुन थालेको छ । जिल्लाका ८४ मध्ये ३० वडामा सचिव छैनन । वडामा दरबन्दीअनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् । सचिव नभएका वडाहरुमा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलापती भट्टले बताए । पाटन नगरपालिकाका १० वटै वडामा दरबन्दीअनुसारका सचिव नभएका कारण प्राविधिक सहायकहरुले नै सचिवको काम गर्दै आएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्