२० वैशाख २०८१ बिहीबार
image/svg+xml

अब उपत्यकावासीकाे घरघरमा दैनिकरूपमा मेलम्चीको पानी

मेलम्चीको पानी काठमाडौं आएसँगै काठमाडौं उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो। अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ। सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्