६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

रुसले सिरियामा पठायो ६३ हजार सेना

रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ। रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो। ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

सिरियामा ६ वर्षे लामो गृहयुद्धमा ५५२ बालबालिकाको मृत्यु

सिरियामा भएको ६ वर्ष लामो गृहयुद्धका क्रममा गत वर्ष सबैभन्दा बढी संख्यामा बालबालिकाको मृत्यु भएको तथ्य सावैजनिक भएको छ। मृत्यु हुने बालबालिकाको संख्यामा सन् २०१५ यता २० प्रतिशतले बढी रहेको जनाइएको छ। संख्यामा भन्ने हो भने ५५२ बालबालिकाहरुको युद्धका क्रममा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्