८ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुर्गम बस्ती जोड्ने सडक निर्माण भएपछि बाजागाजासहित खुशीयाली

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ। गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदीपावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक पदार्थको सहायताले सडकको ट्र्याक निर्माणले पूर्णता पाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्