भूमिहीनको सिफारिसलाई नियमविपरीत शुल्क असुली
तुलसीपुर उपमहानगरपालिका–११ की माया विक मंगलबार भूमिहीन दलितको सिफारिस लिन वडा कार्यालय पुगिन् । वर्षौंदेखि आफूले उपभोग गर्दै आएको पुर्जाविहीन जग्गाको लालपुर्जा पाइएला भन्ने आस उनमा थियो । सरकारले निःशुल्क जग्गा दिन लागेको भन्ने खबर सुनेर आफूलाई भूमिहीन दलित प्रमाणित गर्न भने दुई सय रुपैयाँ तिर्नुपर्यो ।