‘रानीमहललाई हेरिटेज होटल बनाउनु हुँदैन’
तानसेन नगरपालिका–१३ स्थित ऐतिहासिक दरबार रानीमहललाई ‘हेरिटेज’ होटल बनाउन नहुने स्थानीयले बताएका छन् । नेपाल पर्यटन बोर्डले रानीमहललाई हेरिटेज होटल बनाउने प्रस्ताव सरकारलार्ई गरेको थियो । ऐतिहासिक दरबारलाई अहिलेको अवस्थामा राख्न नहुने तर होटल पनि बनाउने नहुने भन्दै यहाँ भित्रिने पर्यटक तथा स्थानीय बताउँदै आएका छन् ।