आरोपित श्रेष्ठ हिरासतमा
सांस्कृतिक आदानप्रदान बहानामा नेपाली बालबालिका अमेरिका तस्करी गरेको अभियोगमा पुतलीसडकस्थित सारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई प्रहरीले शनिबार हिरासतमा लिएको छ। एक सातादेखि हाजिरी जमानीमा राखिएकी श्रेष्ठविरुद्ध थप प्रमाण जुटेको प्रहरी दाबी छ।