सिडिओसहित प्रशासनको टोली घरमै पुगेर होममायालाई सहयोग
शारीरिक रुपमा अशक्त होममायाको दुःखबारे समाचार प्रकाशित भएपछि रेडक्रस र प्रशासनको टोली मंगलबार उनलाई राहत लिएर भेट्न पुगेको हो।
शारीरिक रुपमा अशक्त होममायाको दुःखबारे समाचार प्रकाशित भएपछि रेडक्रस र प्रशासनको टोली मंगलबार उनलाई राहत लिएर भेट्न पुगेको हो।
गाउँमा सबै ढुंगा माटोको घर, त्यही गाउँमा केही पक्की पनि । त्यसैको बीचमा एउटा कटेरो (छाप्रो) छ । बाँसले बारिएको छाप्रो छेक्न गुन्द्री र थोत्रो बोरा टाँगिएका छन् । गण्डकी गाउँपालिका–२ खादीखोलाकी ४५ वर्षीया होममाया थापाले अहिलेको चिसो छेक्न टाँगेको थोत्रो बोराले त्यही छाप्रो बारेकी छिन् ।