सुदुरपश्चिम : बालिकाको जन्मदरमा कमी
सुदूरपश्चिम प्रदेशमा सरदर जन्मने नवजात शिशुमा बालिका भन्दा बालक बढी छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको विगत चार वर्ष यताको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशमा बालिका भन्दा बालकको जन्मदर बढ्दै गएको देखाएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४\०७५ मा सुदूरपश्चिम प्रदेशमा जम्मा जन्मेका नवजात शिशु मध्ये ४७ दशमलव ६ प्रतिशत बालिकाको जन्म भएको थियो भने ५२ दशमलव ४ प्रतिशत बालक जन्मेका थिए ।