बस दुर्घटनाको पीडा: यो वर्ष तिहार मनाउन पाइएन
तिहारको समय भएकाले गाडीमा खचाखच यात्रु थिए। चालक सहचालकसहित ३४ जना घाइते भएका छन्।
तिहारको समय भएकाले गाडीमा खचाखच यात्रु थिए। चालक सहचालकसहित ३४ जना घाइते भएका छन्।
यसपालिको तिहार माइती घर बेलौरी कञ्चनपुरमा मनाउने ठूलो उत्साहका साथ श्रीमान र दुई वर्षीय छोरासहित बसमा चढेकी दोगडाकेदार गाउँपालिका–६ की बिमला कुँवर धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारमा छिन्। उनलाई अझै आफ्ना श्रीमान करनसिंह ऐरले यो संसार छोडेको थाहा छैन। आफन्तले बस दुर्घटनामा श्रीमानको मृत्यु भइसकेको जानकारी दिन सकेका छैनन्।
तिहारका लागि घर फर्किरहेका र आफन्तकोमा जान निस्केका यात्रु बिहीबार राति बैतडीको खोड्पे नजिकैको बस दुर्घटनामा परेका छन्।