नामै फेरेर प्रशिक्षण
थाइल्यान्डमा मुवा थाईको व्यवस्थापन र क्रेज देखेपछि गणेशलालले यस खेललाई कसरी नेपालमा भित्र्याउन सकिन्छ भनेर त्यहाँका पदाधिकारीसँग जानकारी लिए। त्यहाँबाट सहयोगको प्रतिबद्धतापछि गणेशलालले सन् २००८ मा नेपाल राष्ट्रिय मुवा थाई संघ गठन गरे।