बोइङ बिक्री व्यावसायिक उडान खुलेपछि
नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० विमान बिक्री प्रक्रियाले हवाई सेवामा जारी लकडाउन खुलेपछि निरन्तरता पाउने भएको छ। तेस्रोपटकको प्रयासमा भएको लिलामी प्रक्रियामार्फत निगमले अमेरिकी कम्पनी सिएसजिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई उक्त विमान बेच्ने निर्णय गरेको थियो।