१० मंसिर २०८१ सोमबार
image/svg+xml

जनप्रतिनिधिकै मिलोमतोमा बहुमूल्य ऐलानी जग्गा कब्जा

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको ४५ कट्ठा ऐलानी जग्गामा कब्जा गरी माटो पुर्न थालिएपछि स्थानीयले बिरोध जनाएका छन्।

मेनरोडमा डोजर चल्ला ?

छठ पर्व सकिनासाथ त्रिभुवन राजपथको एउटा खण्ड रहेको वीरगन्जको मेनरोडको मध्यबाट २५÷२५ मिटर दायाँबायाँ फराकिलो पार्ने कामका लागि घर संरचना भत्काउने भनेर हेटौंडास्थित सडक डिभिजन कार्यालयले सूचना जारी गरिसकेको छ।

वीरगन्ज नाका ६ घन्टा अवरुद्ध

भारतीय सवारी साधनसँग नेपाली सुरक्षाकर्मीले विभिन्न बहानामा दुःख दिने र असुली गर्ने गरेको भन्दै सीमावर्ती सहर रक्सौलमा विरोध प्रदर्शन भएको छ।

वीरगन्ज नाका ६ घण्टा अवरुद्ध

भारतीय सवारी साधनसंग नेपाली सुरक्षाकर्मीले बिभिन्न बहानामा दुःख दिने र असुली गर्ने गरेको भन्दै सिमावर्ती शहर रक्सौलमा विरोध प्रदर्शन भएको छ। भारतीय सवारी साधन नेपाल प्रवेशमा ‘इन्ट्री’को नाममा र अन्य बहानामा नेपालतिर अनावश्यक झमेला गर्दै दुःखदिएको भन्दै भएको प्रदर्शनले करिब ६ घण्टा नाका अवरुद्ध रह्यो।

सिटीइभिटीको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

वीरगन्ज १५, भेंडियाहीस्थित नेशनल मेडिकल कलेजस्थित परीक्षा केन्द्रमा चलिरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को परीक्षाबाट प्रहीले दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरको छ। उनीहरुले अरु ब्यक्तिको नाममा परीक्षा दिरहेको भेंटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वीरगन्जका उद्योगी व्यवसायी सडकमा

उद्योग, व्यवसाय र यातायात पारवहन क्षेत्रलाई नियमन गर्न सरकारले लागु गरेको नयाँ कानुनी व्यवस्था अव्यावहारिक रहेको भन्दै आइतबार वीरगन्जका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन्।

ढुवानी रोकिँदा वीरगन्जमा हजारौं ट्रक सामान अड्कियो

देशको प्रमुख नाका वीरगन्जमा याततायत तथा ढुवानी हड्तालका कारण हजारौं ट्रक माल समान रोकिएको छ। राजधानीसँगै देशको विभिन्न भागमा लैजानुपर्ने समान सुक्खा बन्दरगाह, आइसिपी र साबिक भन्सारमा अड्किएका हुन।

वनस्पति घ्यु उद्योगमा लागेको आगो १६ घण्टापछि नियन्त्रण

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब साढे दुई बजेदेखि सुरु भएको आगलागी साँझ करिब ७ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, तीन पक्राउ

वीरगन्जस्थित यातायात ब्यवस्था कार्यालय बिचौलियाको आखडा बनेको छ। सेवाग्राही आफै जाँदा कार्यालयका कर्मचारीले काम अलमलाउने गरेर बिचौलियामार्फत आएमात्र सेवा पाउने बातावरण बनाएका छन्। आम सेवाग्राहीको यस्तो आरोप रहिरहेको बेला प्रहरीले सो कार्यालयबाट चार जनालाई बिचौलियाको आरोपमा भन्दै पक्राउ गरेको छ।

मेयर र स्थानीय नेताबीच कुटाकुट प्रकरणमा मिलापत्र

वीरगन्जका मेयर विजयकुमार सरावगी र उनी अबद्ध समाजवादी पार्टीका स्थानीय नेताबीच कुटाकुट भएको घटनामा मिलापत्र भएको छ।

वीरगन्जका मेयर सरावगी र उनकै पार्टीका स्थानीय नेताबीच कुटाकुट

वीरगन्जका मेयर विजयकुमार सरावगी र उनी अबद्ध समाजवादी पार्टीका स्थानीय नेताबीच कुटाकुट भएको छ।

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो।

वीरगन्जका सडक सुनसान

महानगरपालिका कार्यालयले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराएको छ । वीरगन्ज महानगरपालिका कार्यालयले जारी गरेको सूचनाअनुसार विद्यालयका प्रधानाध्यापक तथा नगर शिक्षक महासंघको रायअनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । ‘गर्मी अत्यधिक बढेकाले खास गरी ससाना बालबालिकालाई निकै समस्या छ,’ महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले भने, ‘कतिपय विद्यालयमा जस्तापाताका छाना छन्, केही ठाउँमा पंखा नरहेको सूचना आएको छ, गर्मीलाई ध्यानमा राख्दै विद्यालय बिदा गरिएको हो ।’ अवस्था हेरेर एक सातासम्म यो बिदा बढाउन सकिने उनले बताए ।

वीरगन्ज महानगरमा अब विद्युतीय नक्सा

वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले साउन १ देखि विद्युतीय नक्सा प्रणाली लागू गर्ने बताएका छन्। सेवाग्राहीले नक्सा पासका लागि खर्चिनुपर्ने समय, लागत र झन्झटिलो प्रक्रिया घटाउन सो प्रणाली प्रयोगमा ल्याउन लागेकोे बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्