गैंडाकोटमा विपि खेलग्राम स्थापना गरिने
गण्डकी प्रदेश सरकारले नवलपुरको गैंडाकोटमा विपि खेलग्राम स्थापना गर्ने नीति लिएको छ ।
गण्डकी प्रदेश सरकारले नवलपुरको गैंडाकोटमा विपि खेलग्राम स्थापना गर्ने नीति लिएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङमा खेलग्राम स्थापनाको लागि पहिलो चरणको कार्य पुरा गरिएको छ। फुटबल मैदान निर्माणको लागि छुट्टाइएको १ करोड रुपैयाँको बजेटबाट जमिन सम्याउने देखि पर्खाल लगाउने काम पुरा गरिएको छ।
लोमान्थाङमा खेलकुदको पूर्वाधार निर्माण शुरु गरिएको छ । ४ हजार ५० मिटरको उचाईमा रहेको लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।