८ वैशाख २०८१ शनिबार

नौ लाख घुस सहित सिँचाई डिभिजन कार्यालय प्रमुख पक्राउ

जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ गरेको छ । प्रमुख श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित जलश्रोत तथा सिँचाई डिभिजन कार्यालयसँगै रहेको निवासबाट नौ लाख ३४ हजार घुस सहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोईरालाले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्