६ आश्विन २०८१ आइतबार
image/svg+xml

भरतपुरको उपमेयरमा काँग्रेसकी शाह विजयी

स्थानीय निर्वाचन पहिलो चरणको सबैभन्दा चर्चित स्थानीय तह भरतपुर महानगरपालिकाको उपमेयरमा काँग्रेसकी पार्वती शाह विजयी भएकी छिन्। दुई वटा वडाको मत गणना हुन बाँकी हुँदै उनले आफ्नो जीत सुनिश्चित गरेकी हुन्।

भरतपुरमा एमालेका ज्ञवाली र माओवादीकी दाहालबीच ७८४ को मतान्तर

भरतपुर महानगरपालिकाको दुई वटा वडाको मत गणना गर्न बाँकी हुँदा मेयर प्रत्यासीबीचको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक देखिएको छ। २१ नं. वडामा काँग्रेसले वडा अध्यक्ष जित्दा माओवादीकी मेयर प्रत्यासी रेणु दाहालले मतान्तर छोट्याउँदै ७८४ मा झारेकी छिन्।

रेणुले अझ घटाइन् मतान्तर, भरतपुरको मतगणना रोमाञ्चक मोडमा

भरतपुर महानगरपालिकाको मतगणना अन्तिमतिर आइपुग्दा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। २१ नं. वडाको मतगणना भइरहँदा एमालेका देवी ज्ञवालीले ४० हजार ३४३ मतका साथ अग्रता लिइरहेका छन्। ३९ हजार ३३० मतका साथ रेणुले एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्।

भरतपुर १८ मा कांग्रेस विजयी, रेणुले मतान्तर घटाइन्

भरतपुर महानगरपालिकाको मत गणना अन्तम चरणमा पुगेको छ। कूल २९ वटा वडाहरु रहेको भरतपुरमा २६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ। पछिल्लोपटक आइतबार बिहान सार्वजनिक भएको वडा नं. १८ को मत परिणाममा नेपाली कांग्रेसका उम्मेद्वार दीपक लामा वडाध्यक्ष पदमा विजयी भएका छन्।

भरतपुरमा कडा प्रतिस्पर्धा

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा मेयरमा एमालेका देवी ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा देखिएको छ। २९ वटामध्ये शनिबार अबेरसम्म २५ वटा वडाको मतगणना सकिएको छ। बाँकी वडाको मतगणना सोमबारसम्म सकिने अवस्था छ।

भरतपुर वडा नं. २२ मा एमाले विजयी

भरतपुर महानगरपालिकाको वडा नं. २२ मा नेकपा (एमाले)का तर्फबाट उम्मेद्वार रहेका विष्णु महतो विजयी भएका छन्।

भरतपुर वडा नं. १७ मा काँग्रेस विजयी, ज्ञवाली र दाहालबीचको मतअन्तर घट्दो

भरतपुर महानगरपालिकाको वडा नं. १७ मा नेपाली काँग्रेसका उम्मेद्वारहरु प्यानलसहित विजयी भएका छन्।

भरतपुरमा अझै ढुक्क छैन एमाले, कसले मार्ला बाजी ?

कूल २९ वटा वडा र एक लाख १२ हजार ७४१ मत खसेको भरतपुर महानगरपालिकाको मत गणना अब उत्तरार्धमा पुगेको छ । २३ वटा वडाको मत गणना सकिएको छ । खसेको मध्ये ९३ हजार ५०४ मत गणना भइ सकेको छ । नतिजा घोषणा भएकोमध्ये १३ वटा वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्षमा विजयी भएका छन् । मेयरमा एमालेका उम्मेद्वार देवि ज्ञवालीको लगातार अग्रता कायमै छ ।

भरतपुर १६, काँग्रेसको गढमा एमालेको जित

भरतपुर महानगरपालिकाको वडा नं. १६ मा वडाध्यक्षसहित सवै पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन्।

भरतपुर मत गणना : एमालेका ज्ञवालीको १५ सय मतको अग्रता

भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदका उम्मेद्वार एमालेका देवि ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालबीचको मत अन्तर बिहीबारसम्म लगातार घट्दै गएको अवस्थामा शुक्रबारबाट यो क्रम रोकिएको छ । बिहीबार मध्यरातमा घोषणा भएको वडा नं. २४ को अन्तिम नतिजा र अहिले वडा नं. १६ को आधाभन्दा कम मत गन्दा ज्ञवालीले मतान्तरमा केही सुधार गरेका छन् ।

भरतपुर २४ मा एमालेलाई राहत, देवी र रेणुको मतान्तर १३ सय ९९ मात्र

भरतपुर महानगरपालिकामा सबैभन्दा कम मतदाता रहेको वडा नं. २४ ले एमालेका लागि थोरै भए पनि राहत दिएको छ। सो वडाको अन्तिम मत परिणाम घोषणा हुँदा एमालेका उम्मेद्वार वडाध्यक्षमा विजयीमात्रै भएनन् बुधबारदेखि निरन्तर जारी रहेको मेयर उम्मेद्वारहरु एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीचको मतान्तर ओरालो लाग्ने क्रमलार्ई पनि रोकेको छ।

भरतपुर मतगणनाः ज्ञवाली र दाहालबीच १ हजार २३५ मतको अन्तर

भरतपुर महानगरपालिकाको वडा नं. १५ को बिहीबार मतगणना सकिँदा मेयर पदमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालको मतान्तर एक हजार २३५ मा झरेको छ। मंगलबार तीन हजार ८३६ मतको अन्तर रहेकोमा बुधबारदेखि मतान्तर लगातार घटेकोघट्यै छ। काँग्रेसको गढ मानिएको सो वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरु वडाध्यक्षसहित सवै पदमा विजयी भएका छन्।

भरतपुरमा काँग्रेसकी शाहलाई सबैभन्दा बढी मत

भरतपुर महानगरपालिकाको जारी मतगणनामा काँग्रेसकी उपमेयर उम्मेदवार सबैभन्दा बढी मतका साथ अग्रता लिइरहेकी छिन्। सुरुदेखि नै सबैभन्दा धेरै मत पाएर अग्रता लिइरहेकी काँग्रेसकी उमेयर उम्मेवादवार पार्वती शाह ३२ हजार ९८३ मत पाएर अगाडि छिन्। उपमेयरमा एमालेकी दिव्य शर्माको २९ हजार ३१५ मत आएको छ।

भरतपुर २५ मा माओवादीलाई सफलता, रेणुको मतान्तर झनै घट्यो

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई तेस्रो सफल्ता प्राप्त भएको छ। बिहीबार बिहान घोषणा भएको महानगपालिकाको वडा नं. २५ को अन्तिम मत परिणामअनुसार माओवादीका उम्मेद्वार विजय भुजेल ११ सय मत ल्याएर वडाध्यक्षमा विजयी भए।

भरतपुरको मत गणना रोमाञ्चक बन्यो, रेणु दाहालले मतान्तर घटाइन्

भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादीकी रेणु दाहालले मतान्र घटाएकी छिन्। वडा नं. १४ को मतगणना भइरहँदा रेणु दाहालको मतअन्तर अघिअघि रहेका एमालेका देवी ज्ञवालीसँग २ हजार ४२८ मा झरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्