लकडाउनमा चोरी भएका मोटरसाईकल खोजतलास गरी धनीलाई जिम्मा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधन लकडाउनको समयमा खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्म लगाएको महाशाखाले जनाएको छ ।