धाेनीकाे ब्याटिङमा सचिनकाे आलोचना
जारी एकदिवसीय विश्वकपमा भारत र अफगान्तिस्तानको बीचको खेलमा महेन्द्रसिंह धोनीको प्रदर्शनलाई लिएर सचिन तेन्दुलकरले आलोचना गरेका छन्।
जारी एकदिवसीय विश्वकपमा भारत र अफगान्तिस्तानको बीचको खेलमा महेन्द्रसिंह धोनीको प्रदर्शनलाई लिएर सचिन तेन्दुलकरले आलोचना गरेका छन्।
एकदिवसीय विश्वकपमा शनिवार भारत र अफगानिस्तानको खेलमा रेफ्रीसँग अभद्र व्यवाहार गरेको भन्दै आईसीसीले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई म्याच फीको २५ प्रतिशत जरिवाना गराएको छ।
जारी विश्वकपमा पाकिस्तानका लागि मोहम्मद आमिरले निकै यादगार बलिङ गरिरहेका छन्। यद्यपि, पाकिस्तानले जारी विश्वकपमा यादगार नतिजा निकाल्न नसके पनि आमिरको प्रदर्शन भने उँचो स्तरमा छ।
बलिङ र ब्याटिङ दुवैतर्फ खराब प्रदर्शन भएपछि दक्षिण अफ्रिकाले जारी विश्वकप खासै सुखद बनाउन सकिरहेको छैन।
समान एक/एक खेलमा जित निकाल्न सफल पाकिस्तान र दक्षिण अफ्रिका आइतबार अघिल्लो चरणको यात्रालाई जीवितै राख्न जितको खोजीमा मैदान उत्रिँदै छन्। यद्यपि दक्षिण अफ्रिकाले गणितीय सम्भावनाको भरोसामा बस्नुपर्नेछ।
एकदिवसीय विश्वकपको आजको पहिलाे खेलमा भारतले अफगानिस्तान विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। आजै हुने अर्को खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।
जारी विश्वकपमा अफगानिस्तानले सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको छ। उसले पाँचै खेलको नतिजा सुम्पिँदा अंकतालिकामा खाता खोल्न सकेको छैन। पछिल्ला समय विश्व क्रिकेटमा उदीयमान राष्ट्र अफगानिस्तानको प्रदर्शन विश्वकपमा राम्रो नहुनु पनि स्वाभाविक हो। तर, पनि विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्ने टोलीबाट आशालाग्दो प्रदर्शन हुनुपर्दछ। व्यक्तिगत रूपमा पनि अफगानिस्तानका खेलाडीले आशातीत प्रदर्शन गर्न सकिरहेका छैनन्।
जारी विश्वकपमा भारतले अपराजित यात्रा कायम राख्दा उपकप्तान तथा ओपनिङ ब्याट्सम्यान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। भारतले जारी विश्वकपमा ४ खेल पूरा गर्दा तीन जित र न्युजिल्यान्डविरुद्धको खेलमा वर्षाका कारण अंक बाँडेको थियो। तीनै खेलमा भारतले सहज जित निकाल्दा रोहित शर्माले कुल दुई शतक र एक अर्धशतक प्रहार गरेका छन्। यस क्रममा उनले तीन खेलबाट १५९.५० को औसतले ३ सय १९ रन जोडे। उनी जारी विश्वकपमा धेरै रन बनाउने ब्याट्सम्यानको सूचीमा पाँचौं स्थानमा समेत छन्।
इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार दुई खेल हुँदै छन्। पहिलो खेलमा भारतले एसोसिएट राष्ट्र अफगानिस्तानको सामना गर्दा अर्को खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।
जारी विश्वकपमा इङ्ल्यान्डले राम्रो नजिता आत्मसात् गरिरहँदा जो रुटको प्रदर्शन सफलताको आधारस्तम्भमध्ये एक हो। इङ्ल्यान्ड जारी विश्वकपमा पाँच खेलमध्ये ४ जित र एक हार बेहोरेको छ। घरेलु टोलीले उत्कृष्ट ब्याटिङका बावजुद पाकिस्तानविरुद्धको खेल भने गुमाएको थियो। यद्यपि, अन्य खेलाडीसँगै रुटको प्रदर्शन भने तारिफयोग्य छ। उनले जारी विश्वकपमा दुई शतक र दुई अर्धशतकसमेत प्रहार गरिसकेका छन्। जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा चौथो नम्बरमा रहेका रुटले ३ सय ६७ रन जोडिसकेका छन्।
जारी विश्वकपमा श्रीलंकाले निकै खराब नतिजा सामना गरिरहँदाबलिङ र ब्याटिङ दुवैतर्फ बिर्सनलायक प्रदर्शन गरिरहेको छ। विश्वकपका पाँच खेलमा एक मात्र जित निकालेको श्रीलंकाको दुई खेल वर्षाका कारण हुन सकेन।
आयोजक इङ्ल्यान्ड आफ्नो छैटौं खेल श्रीलंकासँग खेल्दै अघिल्लो चरणको यात्रालाई सहज बनाउने लक्ष्यका साथ शुक्रबार मैदान उत्रिदै छ। दुई खेलमा वर्षाका कारण अंक बाँडेको श्रीलंका पनि आफ्ना अनुभवी खेलाडीको भरमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई चुनौती दिने लक्ष्यमा हुनेछ। घरेलु टोली इङ्ल्यान्ड एसियाली टोली श्रीलंकासँग दबाबविहीन हुँदै खेल्नेछ। किनभने इङ्ल्यान्डका जो रुट, इयोन मोर्गन, जोनी बेयरस्टो र जेसन रोयजस्ता क्रिकेटर जारी विश्वकपमा उत्कृष्ट लयमा छन्।
‘शिखर धवनको पञ्जामा खराबी देखिएको छ। उनको हड्डी भाँचिएको छ,’ भारतका टिम म्यानेजर सुनिल सुब्रमनियनले भने, ‘धेरै विज्ञहरूको सल्लाहअनुसार उनले जुलाई मध्यसम्म आराम गर्नुपर्ने रह्यो।
वेस्ट इन्डिजविरुद्ध जित निकाल्दै उच्च मनोबल बटुलेको बंगलादेश अस्ट्रेलियाविरुद्ध पनि सोही सफलता दोहो-याउने लक्ष्यमा हुनेछ भने अस्ट्रेलिया सहज जितका साथ शीर्ष ४ प्रवेश सम्भावना जीवित राख्न चाहन्छ।
सिंगापुरमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि मंगलबार २५ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक भएको छ।