१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

फुटसल कपको खेल तालिका सार्वजनिक

दोस्रो संस्करणको कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक भएको छ। कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको हो।

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुईदिने प्रतियोगिता भोलि शुक्रबार र शनिबार हुनेछ। प्रतियोगितामा सहभागी बैंक तथा वित्तीय संस्थाको २४ टोलीलाई छ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा सेञ्चुरी बैंक, सूर्या लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक छ भने समूह ‘बी’ मा नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुछ्रे बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स छन्। साथै, समूह ‘सी’मा साङ्ग्रिला बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र प्रिमियर इन्स्योरेन्स छ।  

त्यसैगरी समूह ‘डी’ मा एनएमबि बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा बैंक र सिद्धार्थ बैंक छ। समूह ‘ई’मा सगरमाथा इन्स्योरेन्स, सानिमा बैंक, गुर्खाज फाइनान्स र राष्ट्रिय बीमा संस्थान छ। समूह ‘एफ’मा कुमारी बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक र मेगा बैंक छन्।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोलीले प्रि-क्वाटरफाइनलमा स्थान बनाउनेछन्। यस्तै हरेक समूहको तेस्रो स्थानमा रहनेबाट गोलाप्रथाबाट थप चार टोलीले प्रि(क्वाटरफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ को सेञ्चुरी बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल बिहान ८ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को फुटसल कमिटीको प्राविधिक सहयोग हुने छ। 

प्रकाशित: २४ कार्तिक २०७९ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App