२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल र पाकिस्तानबीचको खेल हेर्ने एक भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको छ।

एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेल हेर्ने  एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो।  विजेता गोलाप्रथाद्वारा छनोट गरिने छ।

यस टिकट प्राप्त गर्न एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रूपैयाँको टिकट दर रहेको छ भने विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलका लागि ८० वटा टिकटको मुल्य पनि ५ हजारको दरले राखिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हुनेछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ।  मैत्रीपूर्ण खेलको लागि पाकिस्तान २७ गते नेपाल आईपुग्ने छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App